काठमाडौं । बजारमा चिनीको अभाव र मूल्यवृद्धि भइरहेको बेला नेपालका चिनी उद्योगी शशिकान्त अग्रवालको र अरु दुई उद्योगी संग १९ हजार मेट्रिक टन चिनी मौज्दात रहेको भेटिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अध्ययनमा १ लाख ८८ हजार ५ सय १३ क्विन्टल (१८ हजार ८ सय १३ टन) चिनी रहेको विभाग स्रोतले दाबी गरेको छ ।
विभाग स्रोतका अनुसार एभेरेष्ट, इन्दुशंकर र हिमालय सुगर मिलसँग सो परिमाणको चिनी फेला परेको हो । नेपालमा चिनी जन्य ब्यपारमा पहिला देखिनै चलखेल गर्ने गेरेका शशीकान्त अग्रवालले आफूहरुसँग कोकाकोला कम्पनीले किनिसकेको ८–१० टन चिनि रहेको झुटो ब्योहरा दिएर उम्कन खोजेका छन् ।
तर कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपाल, जुस तथा कन्फेक्सनरी उत्पादन गर्ने डाबर नेपाल, पेप्सी र स्लाइस उत्पादन गर्ने बरुण बेभरेज र बिस्कुट उत्पादन गर्ने उद्योगले किनेर राखेको उनको दावि नमिल्ने जानकारहरु बताउँँछन् ।
राष्ट्रिय उपभोक्ता मंञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पनि उपभोक्ता एन २०७५ले बजारमा अभाब फैलिएको बेला कुनै पनि बाहनामा उद्योगीले कुनैपनि चिजको मौजाद राख्न नपाउने बताउँछन् ।
उनका अनुसार मल्टी नेसन कम्पनीहरुले आफ्नो भण्डारणको ब्यवस्था आफै गरेका हुन्छन् । यो उद्योगिहरुको कालो बजारी गर्ने बाहना मात्र हो ।
असार अन्तिम सम्म होलसेलमा ८० रुपैयाँ र खुद्रामा ९५ रुपैयाँ किलोमा कारोबार भइरहेको चिनीको मूल्य मूख्य चाडपर्व सुरु भएसँगै ह्वात्तै बढाइएको थियो । अहिले खुद्रा बजारमा चिनी प्रतिकिलो १५० रुपैयाँसम्ममा बिक्री गरिरहेको पाइएको छ । पछिल्लो डेढ महिनायता चिनीको मूल्य प्रतिकिलो ५५ रुपैयाँले वृद्धि भएको हो ।
होलसेल तथा खुद्रा व्यापारीहरुका अनुसार चिनीका वितरकहरुले १२५ रुपैयँसम्म विना बिल चिनी बिक्री गरिरहेका छन् ।
FACEBOOK COMMENTS