काठमाडौं । विद्युतीय सवारी साधनप्रतिको बढ्दो आकर्षणसँगै नेपालमा विभिन्न कम्पनीहरू आफ्नो उपस्थिति बढाइरहेका छन् । यसैबीच, विश्वका ठूला अटोमोबाइल डिजाइन हाउसहरूमध्ये एक संघाई लञ्च अटोमोटिभ टेक्नोलोजीअन्तर्गतको ‘एलएस अटो’ नेपाली बजारमा प्रवेश गरेको छ ।
कम्पनीले नवीनतम प्रविधि, उन्नत डिजाइन र उच्च क्षमताको इलेक्ट्रिक गाडी नेपाली उपभोक्तालाई उपलब्ध गराउन थालेको हो । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच उसले आफ्नो नयाँ एसयूभी ‘एलईभी ०१’ लञ्च गरेको छ । नेक्सन भेन्वरले नेपालमा एलएस अटोको आधिकारिक वितरकको रूपमा काम गरिरहेको छ ।
कस्तो हो एलएस अटो ?
एलएस अटो एक नयाँ ऊर्जा सवारी साधन निर्माता कम्पनी हो, जसले विगत २५ वर्षदेखि अटोमोबाइल डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा परीक्षण उत्पादन गर्दै आएको छ । कम्पनीले चीनमा उच्च गतिमा चल्ने रेलदेखि हेलिकोप्टर डिजाइनसम्मको अनुभव हासिल गरिसकेको छ । नेपालसहित मौरिसस, टर्की, इजिप्त, नाइजेरिया, कजाकिस्तान र अन्य ११ देशमा एलएस अटोको उपस्थिति विस्तार भइसकेको छ ।
एलएस अटोको कस्तो छ उत्पादन क्षमता ?
कम्पनीको चीनको जियाङसी प्रान्तमा वार्षिक १ लाख ५० हजार युनिट उत्पादन क्षमता भएको कारखाना छ । युरोपेली बजारको मागलाई मध्यनजर गर्दै कम्पनीले टर्कीमा समेत उत्पादन प्लान्ट स्थापना गर्ने तयारी गरिरहेको छ । एलएस अटोले नेपालमा विभिन्न इलेक्ट्रिक एसयूभी तथा सेडान मोडेलहरू ल्याउने योजना बनाएको छ ।
पहिलो चरणमा एलईभी ०१ नामक एसयूभी नेपालमा भित्रिएको हो । कम्पनीका अनुसार एलईभी ०१ नेपालमा भित्रिएको पहिलो मोडेल हो, जसमा ब्याट्री क्षमता ६७.१२ किलोवाट आवर छ भने मोटर शक्ति ९९ किलोवाट (३०० न्युटन मिटर टर्क) छ । त्यस्तै, फास्ट चार्जिङमा केही घण्टामै पूर्ण चार्ज गर्न सकिने जनाइएको छ । यसले रेन्ज ५०० किलोमिटरसम्म दिन्छ भने ग्राउन्ड क्लियरेन्स २१० एमएम (नेपालका बाटोअनुसार उपयुक्त) छ । ड्राइभ अप्सनमा राइट ह्यान्ड ड्राइभ रहेको कम्पनीले जनाएको छ ।
एलईभी ०३ र एलईभी ०५ नेपाल आउने तयारीमा
एलएस अटोले सन् २०२५ भित्र दुई नयाँ मोडेल एलईभी ०३ (प्रिमियम क्रसओभर इलेक्ट्रिक एसयूभी) र एलईभी ०५ (मिडसाइज कम्प्याक्ट एसयूभी) ल्याउने योजना बनाएको छ । यी गाडीहरू पनि नेपालका सडक र मौसमअनुसार उपयुक्त हुने गरी तयार पारिएका छन् ।
एलईभी ०१ का विशेषताहरू
–सुरक्षा प्रणाली : १० वटा एयरब्याग, एबीएस, ईबीडी, ईपीएस, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल,
–डिजाइन : एरोडाइनामिक बडी, होरिजन्टल डीआरएल, भर्टिकल हेडलाइट, ०.२६८ ड्रयाग कोएफिसियेन्ट (इलेक्ट्रिक एसयूभीहरूमध्ये सबैभन्दा कम)
–अन्तरिक सुविधा : ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बियन्ट लाइट, इलेक्ट्रिक टेलगेट, प्यानोरामिक सनरूफ
–चार्जिङ पूर्वाधार : नेपालभर चार्जिङ स्टेशनहरू विस्तार गर्ने योजना
मूल्य र वारेन्टी
– स्ट्यान्डर्ड एडिसन : ६१.९५ लाख रुपैयाँ
–कम्फर्ट एडिसन : ९.९५ लाख रुपैयाँ
–वारेन्टी : ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको मोटर तथा ब्याट्री वारेन्टी
याे पनि पढ्नुहाेस्-
‘आईसीई गाडीको इन्जिन बनाउँदिनँ भन्न पाइन्छ, तर ईभीमा ब्याट्री नफेरी सुख छैन’ (भिडिओ)
FACEBOOK COMMENTS