काठमाडौं । स्रोत नखुलेको झण्डै डेढ करोड रुपैयाँ नगदसहित काठमाडौंबाट चिनियाँ नागरिक पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौंको स्वयम्भू बस्ने ४० वर्षीय चिनियाँ नागरिक वाङ झियानलाई पक्राउ गरेको हो ।
हिजो सोमबार काठमाडौंको बौद्ध नयाँबस्तीस्थित एक घरमा कोठा भाडामा लिएर बस्दै आएका व्यक्तिको कोठामा स्रोत नखुलेको नेपाली रकमको कारोबार भइरहेको सूचना प्रहरीले पाएको थियो ।
उक्त सूचनाका आधारमा खटिएको प्रहरीले कोठामा खानतलासी गर्दा पक्राउ परेका चिनियाँ नागरिकको साथबाट एक करोड ४४ लाख रुपैयाँ बरामद भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS