काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ ब्रिक्स शिखर सम्मेलन २०२६ मा सहभागी हुन भारतको राजधानी नयाँदिल्ली पुगेका छन् ।
जिनपिङ सवार विमान नयाँदिल्लीस्थित पालम एयरबेसमा अवतरण गरेको हो ।
सी यसअघि सन् २०१९ मा भारत आएका थिए । त्यतिबेला चेन्नईनजिकै मामल्लापुरममा भारत र चीनका नेताबीच अनौपचारिक शिखर वार्ता भएको थियो ।
यसैबीच, भारतका लागि चिनियाँ राजदूत शु फेहोङले शुक्रबार राति सामाजिक सञ्जाल एक्समा चीन र भारत राष्ट्रपति सी चिनफिङ तथा प्रधानमन्त्री नरेन्द्र मोदीबीच हुने द्विपक्षीय बैठकको तयारीमा जुटिरहेको बताएका छन् ।
जिनपिङ नयाँदिल्ली पुग्नुअघि चाइना सदर्न एयरलाइन्सले ६ वर्षपछि भारत र चीनबीचको प्रत्यक्ष हवाई सेवा पुन: सुरु गर्ने घोषणा गरेको छ ।

समाचार संस्था पीटीआईका अनुसार एयरलाइन्सले शनिबार सेप्टेम्बर २१ देखि ग्वाङ्झाउ–नयाँदिल्ली उडान पुन: सञ्चालन हुने जनाएको छ ।