एजेन्सी । चीनमा नविकरणीय ऊर्जा सवारी साधनको खुद्रा विक्री मे महिनामा वार्षिकरूपमा ८२ प्रतिशतले बढेको पाइएको छ । चाइना प्यासेन्जर कार एसोसिएसनको पछिल्लो तथ्याङ्कले देखाएको छ ।
विवरणअनुसार मे १ देखि २८ सम्मको अवधिमा चीनमा कुल ४ लाख ८३ हजार वटा त्यस्ता सवारी साधन विक्री भएको थियो ।
यसैबीच, यात्रुवाहक सवारीसाधनको खुद्रा विक्री वार्षिक दुई प्रतिशतले बढेर ७.२९ मिलियन युनिट पुगेको छ । सीपीसीएले मुख्यतया मे दिवसको बिदाको समयमा विक्री प्रवर्द्धन, केन्द्र र स्थानीय सरकारद्वारा ल्याइएका उपभोग अनुदान नीतिलाई प्रश्रय दिएको छ ।
FACEBOOK COMMENTS