पोखरा । गण्डकी प्रदेशको राजधानी समेत रहेको कास्कीको पर्यटकीय नगरी पोखरा उपत्यकाको नयाँबसपार्कबाट करिब दुई किमी उत्तर पश्चिममा अवस्थित ‘पोखरा चिसाखोला वेदविद्याश्रम’ले करिब ८१ वर्ष लामो इतिहास बोकेको छ ।
वि.सं. १९९९ सालभन्दा अघिदेखि तपोभूमि मणि नामले प्रचलित आश्रमलाई आज ‘वेद विद्याश्रम’को रुपमा चिनिन्छ । यो विद्याश्रममा रुद्री, वेद, अग्नीहोत्र पूजा पाठ, धर्म र शिक्षाको पठन पाठन हुने गर्छ ।
वि. सं. १९९९ सालमा गुरु प्रेम चैतन्य र केदारनाथ उपाध्ययको संयुक्त प्रयासमा सुरू भएको वेद विद्याश्रमले अहिलेसम्म पनि आफ्नो निरन्तरतालाई कामय राख्दै आफूलाई संस्कृत शिक्षाको पायोनियरका रूपमा स्थापित गरेको हो । यो विद्याश्रमको संरक्षण आश्रमका संस्थापकमध्येका केदारनाथ उपाध्यायका छोरा मोक्षनाथ तिमिल्सिले गर्दै आएका छन् । उनी पोखरा चिसाखोला वेद विद्याश्रमको उत्ताराधिकारी र प्रमुख संरक्षकका रूपमा रहेका छन् ।
पछिल्लो समय नेपालमा संस्कृत शिक्षाको अवस्था त्यति राम्रो छैन । १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको दौरानमा रोकिएको संस्कृत शिक्षा अहिलेसम्म पनि लयमा फर्किन सकेको छैन । त्यस समयमा सीमित संख्यामा रहेका यस्ता विद्यालयहरू मात्रै टिकेका थिए, जुन अहिले पायोनियरका रूपमा अग्रपङ्क्तिमा छन् । त्यसैमध्येको एक हो, पोखरा चिसापानी वेदविद्याश्रम ।
माओवादी द्वन्द्वको समयमा संस्कृत शिक्षा अधिक प्रभावित भए पनि त्यसअघि नै नेपालमा प्रजातन्त्र आएपछि पठनपाठनमा ह्रास आएको बताउँछन् पोखरा चिसापानी वेदविद्याश्रमका संरक्षक मोक्षनाथ तिमिल्सिना । ‘जब नेपालमा प्रजातन्त्र अयो त्यसपछि अंग्रेजी विद्यालयहरू खुल्न थाले र संस्कृत शिक्षाको पठन–पाठनमा ह्रास आयो,’ उनले भने । तर, अत्यन्तै कठिन समयमा आफ्नो पिता केदारनाथले आफ्नो जिन्दगीनै समर्पण गरेर संरक्षण गरेको विद्याश्रमलाई अहिले आफूले समेत निरन्तरता दिएको उनले बताए ।
‘पिताश्रीले आफ्नो जीवन नै यही विद्याश्रमलाई समर्पण गर्नुभयो र यसको संरक्षण र सम्वर्द्धन सम्भव भयो । त्यसैलाई निरन्तरता दिन २०५५ सालमा म अध्यक्षको रुपमा रही पोखरा चिसा खोला वेद विद्याश्रम समिति बनायौँ । पछि २०५५ साल कात्तिक १० गतेदेखि विधिवत रुपमा संस्था दर्ता गरेर कक्षा ६ देखि पठन–पाठन सुरु गर्यौँ,’ उनले भने । उनका अनुसार पहिला सो विद्याश्रममा वेद, रुद्री, कर्मकाण्ड, गैउमुदीहरुको पठन–पाठन हुने गर्थ्यो । त्यतिबेला सो आश्रममा अनौपचारिक रुपमा पढाउने र बनारसमा परीक्षा दिन पठाउने चलन थियो ।
‘मैले कास्की जिल्लाभरि सर्वेक्षण गरेँ । त्यतिबेला संस्कृत पढने विद्यार्थी थिएन्न । यद्यपि, संस्कृत विद्यालय चालउनुपर्छ भन्ने बलियो सोच मभित्र आयो । तीन जना विद्यार्थीबाट पठन–पाठन सुरू गरेँ,’ संरक्षक तिमिल्सिनाले भने, ‘पढाउन त सुरु गरेँ, तर प्रमाणपत्र नभएर काम गर्न असहज हुने भएकाले मैले प्रमाणपत्रको व्यवस्थाबारे अध्यन गरेँ र सरकारसँग बारम्बार लविङ गरिरहेँ ।’
उनका अनुसार त्यसबेला नेपालमा तीन वटा तह माध्यमिक तह, संस्कृत मावि तह र वेद विद्याआश्रम तहको पढाइ हुने गर्दथ्यो । त्समध्ये आफूले वेदविद्याआश्रम तहको पाठयक्रमअन्तर्गतको पाठयक्रमका लागि सरकारसँग आग्रह गरेको तर संस्कृत वेद विद्याआश्रमतर्फ सरकारी अनुमति नै नभएको स्मरण उनले गरे ।
पशुपति क्षेत्र विकास कोषले चालाएको विद्यालयले आफूहरूलाइृ गरेको सहयोगबारे प्रशंसा गर्दै उनले भने, ‘नेपाल वेद विद्याआश्रम वनकालीमा गुठी संस्थाले चलाएको अहिले पशुपति क्षेत्र विकास कोषले चालाएको विद्यालयमा मैले कक्षा आठको परीक्षा र एसएलसी परीक्षा दिने वातावरण मिलाउन प्रधानाध्यापकलाई अनुरोध गरेँ । साथै, यसका शाखाको रुपमा हामीलाई अनुमति दिन अनुरोध गरेँ । त्यसपछि उहाँले नेपालभरिबाट परीक्षा दिन आउँछ बस्ने खाने व्यवस्था आफै गर्नुपर्छ भन्नुभयो । तर, हाम्रो आर्थिक अवस्था कमजोर थियो । त्यसैले हामीलाई निस्शुल्कको व्यवस्था गरिदिन प्रध्यापकसँग आग्रह गरेँ । उहाँले हामीलाई निस्शुल्क बस्ने खाने व्यवस्था गरिदिनु भयो ।’
यसरी अध्यापन गराउँदै जाँदा विद्यार्थी संख्या बढ्दै गएको र २०६० सालमा कक्षा ६ को धार्मिक विद्यालय अन्तर्गत सामुदायिक विद्यालयको अनुमति पाएको उनले सुनाए । ‘त्यतिबेला मैले बाहिर पढाउने गर्थेँ । यहाँ बिहान बेलुका पढाउने गर्थेँ । वेद, नेपाली र कर्मकाण्ड मैले पढाउँथे भने अन्य सरहरु मैले खोजेको थिएँ । अहिले कक्षा ६ देखि १२ सम्म पठन–पाठन भइरहेको छ । यो स्कुल दाताको सहयोगबाट सञ्चालनमा ल्याइरहेका छौँ,’ उनले भने ।
आश्रममा अहिले नयाँ भवनहरू बनाइएका छन् । आवसका लागि सुविधासम्पन्न भवन बनाउन प्रयास गरिरहेको बताउँदै उनले उक्त विद्याश्रममा हालसम्म एक करोड २८ लाख रुपैयाँ लगानी गरिसकेको बताए ।
हेनुहोस् भिडिओ
FACEBOOK COMMENTS