चितवन । चितवन चेम्बर अफ कमर्शको अध्यक्षमा युवा व्यवसायी गोपाल भट्टाराई निर्विरोध निर्वाचित भएका छन् ।
वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट संस्थापक उपाध्यक्षसमेत रहेका भट्टराईको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको होे ।
तीनवर्षे कार्यकालको सो कार्यसमितिको उपाध्यक्षद्वयमा क्रमश: रुबेन रामुदामु र सोमप्रसाद काप्री, महासचिवमा महेश तिवारी, सचिवमा अर्जुन अधिकारी, कोषाध्यक्षमा अनुषा पाठक, सहकोषाध्यक्षमा प्रकाश श्रेष्ठ चयन भएका छन् ।
यस्तै सदस्यमा गगन लामा, शुकरानी लामा, शोभा गौतम, नवीन रिजाल, बलराम भण्डारी, दिपेश श्रेष्ठ, निलेनमान शाक्य, रामप्रसाद सुवेदी, प्रमिल न्यौपाने, विशाल भट्टाराई, अच्युत थपलिया, शोभाखर अधिकारी र पुरुषोत्तम कँडेल चयन भएका छन् ।
विसं २०७५ मा स्थापित सो संस्थाले व्यावसायिक हकहित प्रवद्र्धन, व्यावसायिक दक्षता विकास, साझा सरोकारलगायत क्षेत्रमा काम गर्दै आएको छ ।
FACEBOOK COMMENTS