चितवन । राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे चितवन– ३ मा चुनावी मैदानबाट पछि हटेका छन् ।
अघिल्लो निर्वाचनमा अत्यधिक मत ल्याएर विजयी पाण्डे यस पटक अन्तिम समयमा पछि हटेका हुन् ।
मंगलबार बिहान मनोनयन दर्ता गर्न जाने अघि पाण्डेपछि हटेपछि राप्रपाले भरतपुर महानगरका समितिका अध्यक्ष दीपक थापा मगरलाई चितवन–३ बाट उम्मेदबार बनाएको छ ।
पाण्डे निकट नेताहरुले यस क्षेत्रमा नेकपाबाट रेणु दाहाल र रास्वपाबाट सोबिता गौतम चुनावी मैदानमा आएपछि पछि हटेको आकलन गरेका छन् । गत निर्वाचनमा नेपाली काँग्रेसले माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गरेकाले आफ्नो उम्मेदवार थिएन ।
त्यस्तै एमालेको पनि आफ्नो उम्मेदवार नहुदा त्यसको फाइदा पाण्डेलाई भएको थियो । उनले ३५ हजार ६० मत प्राप्त गरेर विजयी भएका थिए । तर यस पटक अवस्था फेरिएको छ ।

यस पटक भरतपुर महानगरमा राम्रो कम गरेर रेणु दाहाल संसदीय चुनावमा उत्रिएकी छन् । त्यस्तै रास्वपाबाट सोबिता गौतम उम्मेदवार बनेकी छन् भने काँग्रेसले टेकबहादुर गुरुङलाई टिकट दिएको छ ।

FACEBOOK COMMENTS