चितवन । प्रधानमन्त्री प्रचण्डले लामो समयदेखि अलपत्र चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान गर्ने प्रतिबद्धता गरेका छन्।
भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै बढीमा दुई हप्ताभित्र समस्या समाधन हुने बताए।
उनले भने, ‘क्रिकेट रंगशालाको कुरा मलाई लाग्छ एक हप्ता वा दुई हप्ताभित्र त्यसको सबै समस्या समाधान हुन्छ। र निर्माण कार्य अगाडि बढ्छ। यो कुरा पनि म विश्वास दिलाउन चाहन्छु।’
धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण थालेको रंगशालाको उधारो र ऋण गरेर करिब १८ करोड रुपैयाँ तिर्न बाँकी छ ।
रंगशाला निर्माणको स्वामित्व र दायित्व महानगरपालिकालाई लिन फाउन्डेसनले पत्राचार गरे पनि थप प्रक्रिया अघि बढेको छैन ।
FACEBOOK COMMENTS