काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ ।
लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४२ रन बनाएको हो ।
चितवनका लागि रवि बोपराले सर्वाधिक ६६ रन बनाए ।
यस्तै, कप्तान कुशल मल्लले २१, सैफ जैबले १५, देव खनालले १४ र दीपक बोहोराले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ लुम्बिनीका रुबेल ट्रम्पलम्यानले ३, अभिषेश गौतम र गुलबदिन नैबले २–२ विकेट लिए ।

चितवनविरुद्ध लुम्बिनी लायन्सले बलिङ गर्ने

FACEBOOK COMMENTS