बुद्धभूमि नगरपालिकामा हैजाको कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धमूमि नगरपालिका-६ महुवाका १३ वर्षीय बालिका सिर्जना यादव (खुस्वु) रहेकी छिन् । एन्टिजिन परीक्षणमा यादवलाई हैजा देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । कपिलवस्तु अस्पताल तौलिहवामा उपचारको क्रममा उनको मृत्यु भएको थियो । जिल्लामा फैलिएको हैजाको कारण मृत्यु हुनेको संख्या सात पुगेको छ ।
स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेका अनुसार बुद्धभूमि नगरपालिका, कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकाका बिरामीमा हैजाको देखिएको छ । एन्टिजिन टेष्ट गर्दा १४ जनामा हैजाको जीवाणु भेटिएको हाे । बुद्धभूमिका वडा- ५, ६, ७, ८ र १० वडामा बिरामी देखिएको बुद्धभूमि नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी गोकर्ण अर्यालले बताए ।
FACEBOOK COMMENTS