काठमाडौँ । नयाँ सरकार गठनसँगै हाल नेपाली शेयर बजार उकालो लाग्ने क्रममा छ । यसबाट एकातिर नेपाली शेयर लगानीकर्तामा उत्साहित छन् भने कतिपयमा बजार अझै घट्ने हो कि भन्ने आशंका पनि बढ्दो छ । नेपालको अस्थायी राजनीतिक प्रणाली र राजनीतिमा शिक्षित व्यक्ति सत्तामा पुगेपनि शेयर बजारको विकास र विस्तारमा चासो नदिएको आरोप लगानीकर्ताहरु लगाउँदै आएका छन् । यिनै र यस्तै विषयमा आधारित भएर कर्पोरेटकर्मी मीना घोरसाइनेले नेपाल इन्भेस्टमेन्ट फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारसँग गरेको विशेष कुराकानी :
नेपाली शेयर बजारको पहिले र अहिलेको अवस्था के छ र विश्व बजारमा नेपाली शेयर बजारको स्थिति के छ ?
पहिले र अहिलेमा बजारको स्थिति धेरै नै फरक छ । पहिलेको दाँजोमा अहिले बजार निकै व्यवस्थित भइसकेको छ । पहिले लाइन बसेर आइपिओ भर्नुपथ्र्याे भने अहिले अनलाइन प्रणालीमार्फत जहाँबाट पनि शेयर कारोबार गर्न सकिन्छ । भारत र नेपालबीच तुलना गर्ने हो भने भारतभन्दा नेपाल एक वर्ष मात्र कान्छो हो । भारत कहाँबाट कहाँ पुगिसक्यो, तर नेपाल पुग्न सकेको छैन । तर पनि पहिलेको दाँजोमा धेरै नै विकास भएको मान्न सकिन्छ । पहिले लाइनमा बसेर आइपिओ भर्नुपथ्यो भने अहिले घरबाटै इन्टरनेटका माध्यमबाट भर्न सकिन्छ ।
अहिले पहिलेको भन्दा शेयर बजारले धेरै फड्को मारेको छ । तर अन्तर्राष्ट्रिय दाँजोमा हेर्ने हो भने हामी कहीँ पनि छैनौं । हामी अझै धेरै नै पिछडिउका छौं । यसमा नेपाल स्टक एक्सचेन्ज (सेभन) ले धेरै काम गर्नुपर्ने देखिन्छ । आशा गरौं हुन्छ पनि । धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आउनुभएसँगै शेयर बजारमा अझै सुधार होला भन्ने लगानीकर्ताहरुले आशा राखेका छौं ।
अन्य देशको दाँजोमा नेपाल किन पछाडि पर्याे ?
सन् १९८९ मा भारतको इन्डेक्स दुई सय मात्र थियो, हाल ६२ हजार पुगिसकेको छ । जुन हामी कल्पना पनि गर्न सक्दैनौं । यसको मतलब भारतमा इन्डेक्सको मात्रा बढ्दै गयो । भारत र नेपालको स्थिति फरक छ । भारतमा शेयर बजार बढ्यो वा रेकर्ड ब्रेक गर्याे भने खुसी साटासाट गर्छन् । हाम्रोमा इन्डेक्स बढ्यो भने सरकार, नेपाल राष्ट्र बैंक, सेभन र धेरै लगानीकर्ता डुब्छन् भनेर भित्री रुपमा यसलाई झार्ने कोसिस गरिन्छ । हाम्रो देशमा यस्तो मनस्थिति छ । विदेशमा भने उतारचढाव भइरहँदा पनि देशको मेरुदण्डको रुप लिइसक्यो । तर दुर्भाग्यवस हाम्रो नियमनकारी निकाय पुरातनवादी सोचाइअनुरुप चलेकाले यसको विस्तार हुन सकेको छैन । शेयर बजार प्राथमिक पुँजि संकलन गर्ने प्रमुख ठाउँ भइकन पनि यसप्रति कुनै चासो दिइएको पाइँदैन ।
भारतको कुरा गर्दा रिजर्भ बैंक अफ इण्डिया (आरबिआइ) लगायतका नियामक निकायहरुले कडा नियमका साथ काम गरेका छन् । त्यहाँ मेहेनती र पढेलेखेका मान्छे छन् । रातदिन उनीरुले नयाँ आइटि ल्याएर कसरी अपडेट गर्दै लैजाने भनेर विश्व स्तरको इन्डेक्स खडा गरिरहेको अवस्था छ । तर नेपालमा भने आइटीको क्षेत्रमा कुनै पनि काम भएको देखिँदैन । मेरो शेयरको साइट कतिपय अवस्थामा डाउन हुने गरेकोे अवस्था छ ।
नेपालमा पढेलेखेकै राजनीतिक दलका प्रतिनिधि पुगेपनि शेयर बजारलाई नकारात्मक रुपमा टिप्पणी गरेको पाइन्छ । पोलिसि बनाउने ठाउँमा पुगेका व्यक्तिहरुले समेत यसका बारेमा गलत प्रचार गरेको पाइन्छ । यसका लागि नेपालमा सेभनले विशेष भूमिका खेल्नुपर्ने देखिन्छ ।
शेयर बजारप्रति नयाँ लगानीकर्ताको बुझाइ के छ ?
नेपाली शेयर बजारमा प्रवेश गर्ने नयाँ लगानीकर्ताहरु शिक्षित छैनन् । उनीहरुले शेयर बजारको अध्ययनबिना नै आइपिओ भरिरहेको पाइन्छ । प्राइमरी मार्केटमा जस्तोसुकै मानिस भित्रिएपनि सेकेण्डरी मार्केटमा बिना अध्ययन छिर्नुहुँदैन । कम्पनीको चिरफार गर्ने तरिकाहरु छन् । विशेष गरी लगानीकर्ताहरुले कम्पनीका विगतका इतिहासहरु केलाउनुपर्छ, त्यसको इतिहास के छ ? कम्पनीको नेट वर्थ कति छ ? लगायतका विषयमा जानकारी लिनुपर्छ । यसका लागि नियामक निकायहरुले विशेष तालिम दिनु जरुरी छ ।
पुरा अन्तर्वार्ता हेर्नुहोस् :
FACEBOOK COMMENTS