काठमाडौं । चाइना हाइटेक अफ रोड भेहिकल कम्पनी (सीएचटीसी मोटर्स) को नेपालका लागि आधिकारिक बिक्रेताको रूपमा मेगा बिजनेस ग्रुप नियुक्त भएको छ ।
यी दुई कम्पनीले यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यस अनुसार अब मेगा बिजनेस ग्रुपले सीएचटीसी मोटर्सद्वारा निर्मित ११, १४ र अन्य सीट क्षमताका विद्युतीय भ्यानहरू नेपाली बजारमा बिक्रीवितरण गर्नेछ ।
‘व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न सकिने यी भ्यानहरू वातारणमैत्री एवम् प्राविधिक दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीले जानकारी गराएको छ । साथै अप्रिलको अन्त्यतिर यी उत्पादनहरू नेपाली बजारमा उपलब्ध हुनेछन् ।
६ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टी, ४१.८६ किलोवाट क्षमताको ब्याट्री, २८५ किलोमिटर रेञ्ज (एक पटकको फुल चार्जमा), लिथिएम आएन ब्याट्री प्याक, २०५ एमएम ग्राउण्ड क्लियरेन्स, सुविधाजनक कम्पनी जडित लेदर सिट र लेग स्पेस आदि यी गाडीका विशेषताहरू रहेका छन् ।
यिनीहरूमा ३६० डिग्रीको दृश्य देखिने क्यामरा पनि जडित छ जुन नेपालमा हाल उपलब्ध अन्य कुनै पनि भ्यानहरूमा पाइँदैन । त्यस्तै विशेषतः ११ सीट क्षमताको भ्यानमा बुट स्पेस समेत उपलब्ध छ ।
चीन सरकारद्वारा सञ्चालित सीएचटीसी मोटर्स विश्वको ५०० सर्वोत्कृष्ट कम्पनीहरू मध्येको सिनोमाच ग्रुपको एक इकाई हो । समुच्च प्रविधिमा आधारित सीएचटीसी मोटर्स चीनको अटोमोबाइल बजारमा अग्रणी नाम हो ।
FACEBOOK COMMENTS