काठमाडौं । कर फर्छ्यौट आयोगको भ्रष्टाचार मुद्दा खेपिरहेका तत्कालीन सहसचिव चुडामणि शर्मालाई विशेष अदालतले दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आयोगका तत्कालीन सदस्य सचिव शर्मासहित तीन जनालाई दोषी ठहर गरेको हो ।
भ्रष्टाचार मुद्दामा विशेष अदालतले आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई दोषी ठहर गरेको छ । सरकारले गठन गरेको कर फर्छ्यौट आयोगमार्फत व्यापारीलाई कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु विरुद्ध मुद्दा दायर गरेको थियो ।
FACEBOOK COMMENTS