काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले सबै किसिमका भ्रष्टाटाचारको छानबिन गर्न आफू तयार रहेको बताएका छन् ।
हिजो शनिबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी उनले स्वतन्त्रपूर्वक भ्रष्टाचारीमाथि छानबिन अघि बढाउन आफू तयार रहेको बताएका हुन् ।
उनले परिवर्तित राजनीतिक घटनाक्रमबाट निर्माण भएको वर्तमान सरकारलाई सघाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
नयाँ सरकार गठनसँगै उनलाई आयोगको जिम्मेवारीबाट हटाउनुपर्ने चर्चा चलिरहेका बेला प्रमुख राईले प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेका हुन् ।
FACEBOOK COMMENTS