काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको मुद्दामा गलत बकपत्र दिएको अभियोगमा दुई जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले पोखरा महानगरपालिकाका कर्मचारी सब इञ्जिनियर उषाकिरण रोकायासहितलाई आयोगले घुस लिएको अभियोगमा पक्राउ गरेको थियो । आयोगले सरकारी साक्षीका रुपमा पेश गरेको केशरीप्रसाद तिवारी र उर्मिला पौडेलले गलत बकपत्र दिएको पाइएको छ ।
आयोगले रु तीन लाख ५० हजार बराबरको घुससहित पक्राउ परेका रोकायालगायतलाई जस्तै समान बिगो दावी गर्दै आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
FACEBOOK COMMENTS