काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेका व्यक्तिहरूलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आयोगले विभिन्न चारवटा मुद्दामा विशेष अदालतले गरेको फैसलामा असन्तुष्टि जनाउँदै ति मुद्दालाई सर्वोच्चमा लगेको हो । भ्रष्टाचार गरेको ठहर हुने पर्याप्त आधार हुँदाहुँदै विशेष अदालतले सफाइ दिएपछि सर्वोच्चमा पुनरावेदन गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार ईशनाथ नगरपालिका रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नन्द किशोर गुप्ता, इन्जिनीयर सत्यपाल सौरभ र प्रधानाध्यापक मुहमद समिम अख्तर, रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसी, महेन्द्रनगर विकास समितिका तत्कालीन अध्यक्षहरू गोपाल रसाईली, पुष्कल चौधरी र पल्टु राना तथा लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्ष राम बल्लभ साहविरुद्धको मुद्दामा पुनरावेदन गरिएको हो ।
हेर्नुहोस् पूरा विवरण–
FACEBOOK COMMENTS