काठमाडौं । विकासका विभिन्न योजना दिलाइदिएर घुस लिने गरेका एक जना वडाध्यक्ष र उक्त रकम सङ्कलनमा संलग्न अर्का एक जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
आयोगले रुपन्देहीको मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादव र सिद्धार्थनगर नगरपालिका–९ का विपिन कुमार पाण्डेविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले घुस लिँदालिँदै पक्राउ गरेका वडाध्यक्ष यादव र मतियार पाण्डेविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा तीन/तीन लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।
वडाध्यक्ष यादवले विभिन्न योजना दिलाएर घुस लिने गरेको र उक्त रकम पाण्डेले बुझ्ने गरेको आयोगले जनाएको छ ।
FACEBOOK COMMENTS