काठमाडौं । सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई प्रविधियुक्त बनाउने निर्णय गरेको छ ।
हिजो शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले तय गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा सीआईबीको सुधारलाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरेको हो ।
जसका लागि तत्कालै एक करोड रुपैयाँ उपलब्ध गराउने कार्यसूचीको ९४ नम्बर बुँदामा उल्लेख छ । ‘नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई प्रविधियुक्त बनाउने तयारीअन्तर्गत सरकारले कम्तिमा एक करोड रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय गरेको छ,’ कार्यसूचीमा उल्लेख छ ।