काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ए टिमको घोषणा गरेको छ ।
क्यानले आगामी २६ अगस्ट- ३ सेप्टेम्बर, २०२५ मा भारतको गुवाहटिमा नेपाल ए र आसाम स्टेट टिमबीच हुँदै गरेको ५ खेलको टी -२० सिरिजको लागि अनिल शाहको कप्तानीमा १६ सदस्यीय नेपाली ए टिमको घोषणा गरेको जानकारी दिएको छ ।
नेपाल ए टिममा अनिल साह (कप्तान), अर्जुन घर्ती, ईशान पाण्डे, देव खनाल, तृत राज दास, सन्दीप जोरा, पवन सराफ, मोहम्मद आदील आलम अन्सारी, बसिर अहमद, शेर मल्ल, आकाश चन्द, युवराज खत्री, सुभ कन्साकर, विवेक कुमार यादव, कमल सिंह ऐरी र सागर ढकाल रहेका छन ।
FACEBOOK COMMENTS