काठमाडौं । जारी आइपिएल अन्तर्गत कोलकोता नाइट राइडर्स र पञ्जाव किंग्सबीचको खेल वर्षाले रद्ध भएको छ ।
गएराती कोलकोताको इडन गार्डेनमा बर्षाका कारण खेल रद्ध भएको हो । टस जितेर पहिला ब्याटिंग गरेको कोलकोताले ३.४ ओभरमा २ विकेट गुमाउदै २५ रन बनाउदा बर्षाले खेल रोकिएको थियो । त्यसपछि खेल हुने सम्भावना बनेन र खेल रद्ध गरिएको थियो । खेल रद्ध भएपछि दुवैले एक एक अंक बाडेका छन् ।
यो खेलपछि कोलकोताले पहिलो अंक हासिल गरेको छ । कोलकोताको ३ खेलमा एक अंक भएको छ र आठौँ स्थानमा रहेको छ । त्यस्तै पञ्जाव किंग्सको भने ३ खेलमा ५ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ ।