काठमाडौँ । राजस्थान रोयल्सले जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा राजस्थानले बैंगलुरुलाई ६ विकेटले पराजित गरेको हो । बैंगलुरुले दिएको २०२ रनको लक्ष्य पछाएको राजस्थानले १८ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
राजस्थानका लागि ध्रुब जुरेलले अविजित ८१ रन बनाए भने वैभव सुर्यबंशीले २६ बलमा ७८ रन बनाएका थिए । त्यस्तै बैंगलुरुका बलर क्रुनाल पाण्डेय र जोस हजेलवूडले २-२ विकेट लिएका थिए ।
त्यसैगरी यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलुरुले २० ओभरमा ८ विकेट गुमाएर २०१ रन बनाएको थियो । बैंगलुरुका लागि कप्तान रजत पाटीदारले ६३ रन बनाए भने विराट कोहलीले ३२, वेंकटेश अय्यरले २९, रोमारियो शेफर्डले २२ रन बनाएका थिए । त्यस्तै राजस्थानका बलर जोफ्रा आर्चर, रवी विश्नोई र बृजेश शर्माले २-२ विकेट लिएका थिए ।
यो जितपछि राजस्थान आफ्ना चारै खेल्जिते ८ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुको ३ खेलमा ४ अंक रहेको छ र तेस्रो स्थानमा छ ।
