काठमाडौं । भारत र इङल्याण्डबीचको चौथो टेस्ट ड्र भएको छ ।
टेस्टको पाँचौं दिन भारतले ४ विकेट गुमाएर ४२५ रन बनाए पछि खेलको नतिजा आउन नसकेको हो । भारतले खेलको चौथो र पाँचौं दिन ब्याटिंग गरेर केवल ४ विकेट मात्र गुमाएर टेस्ट ड्र गरेको हो ।
भारतलाई हारबाट बचाउन कप्तान शुभामन गिलले १०३, वाशिंटन सुन्दरले १०१ र रविन्द्र जडेजाले १०७ रन बनाएका थिए । त्यस्तै केएल राहुलले ९० रन बनाएका थिए ।
यस टेस्टमा भारतले पहिलो इनिंगमा ३५८ बनाएको थियो भने इङल्याण्डले पहिलो इनिंगमा ६६९ रन बनाएको थियो ।
यो टेस्ट ड्र भएसँगै ५ खेलको सिरिजमा इङल्याण्ड २(१ ले अगाडी रहेको छ । अब लिड्समा जुलाई ३१ देखि सिरिजको अन्तिम खेल शुरु हुने छ ।
FACEBOOK COMMENTS