काठमाडौँ । दक्षिण अफ्रिकाले जारी टी-२० सिरिजको दोस्रो खेलमा अस्ट्रेलियालाई पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ५३ रनले पराजित गरेको हो ।
दक्षिण अफ्रिकाले दिएको २१९ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १७.४ ओभरमा अल आउट हुदै १६५ रन बनाएको थियो । अस्ट्रेलियाका लागि टिम डेभिडले सर्बाधिक ५० रन बनाएका थिए भने एलेक्स केरीले २६ रन बनाएका थिए । त्यस्तै दक्षिण अफ्रिकाका बलर कोर्बिन बोस्च र क्वेना माफाकाले ३-३ विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाउदै २१८ रन बनौएको थियो । दक्षिण अफ्रिकाका लागि डेवाल्ड ब्रेभिसले ५६ बलमा १२५ रन बनाएका थिए भने ट्रिस्टन स्टब्सले ३१ रन बनाएका थिए । दक्षिण अफ्रिकाले यो जितपछि सिरिज १-१ ले बराबरी गरेको छ । अब सिरिजको तेस्रो खेल आगामी शनिबार हुने छ ।
FACEBOOK COMMENTS