काठमाडौं । नेपालले क्रिकेट एसिटीलाई १७८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनएको हो ।
नेपालका लागि आसिफ सेखले सर्बाधिक ६९ रन बनाए भने कप्तान रोहित पौडेलले ३६, आरिफ सेखले २४ रन बनाएका थिए ।
नेपाली क्रिकेट टिमले आइसीसी टी-२० विश्वकप एसिया- इएपी छनौट को तयारीका लागि यी अभ्यास खेल खेल्न लागेको क्यानले बताएको छ ।
नेपाली टिमले अस्ट्रेलिया क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्न लागेको हो । नेपाली टीमले क्रिकेट एसिटीसँग आज दुई टी-२० खेल्दै छ । जसमा पहिलो खेल बिहान ५:४५ बजेदेखि शुरु हुदैछ भने दोस्रो खेल ९: ४५ बजेदेखि शुरु हुने क्यानले जानकारी दिएको छ ।
त्यस्तै साउथ अस्ट्रेलियासँग अगस्त २८ मा दुई टी-२० खेल्ने छ, जुन बिहान ५:४५ र ९स् ४५ बजेदेखि शुरु हुने छ । त्यस्तै अगस्त ३० मा साउथ अस्ट्रेलियासँग एक एकदिवसीय खेल खेल्ने क्यानले जनाएको छ, जुन खेल नेपाली समय अनुसार बिहान ५:४५ बजेदेखि शुरु हुदैछ ।
FACEBOOK COMMENTS