काठमाडौं । टी-२० विश्वकपको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ ।
१०७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमा सिमित भयो । जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ ।
आजको खेलमा कुशल मल्ले ४० बलमा सर्वाधिक २७ रन जोडे । १७ औँ ओभरमा आउट हुनअघि उनले १ चौका र १ छक्का प्रहार गरे ।
दीपेन्द्र सिंह ऐरीले ३१ बलमा २५ रन बनाए । उनले २ चौका र १ छक्का हाने । ओपनर आसिफ शेखले १४ बलमा १७ रन बनाए । उनले चार चौका प्रहार गरे ।
बंगलादेशसँगको प्रतिस्पर्धाअगावै नेपाल विश्वकपबाट बाहिरियो
FACEBOOK COMMENTS