काठमाडौँ । नेपालले ओमानविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ ।
जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत आज सुपर सिक्स अन्तर्गतको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । योसँगै ओमानले पहिला बलिङ गर्ने भएको छ ।
नेपाल र ओमान आइसीसी टी-२० विश्वकप २०२६ को लागि छनोट भइसकेकाले यो खेलको जितले शिर्ष स्थानमा रहन सहयोग गर्ने छ । आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ । आज सन्दीप जोराको स्थानमा लोकेश बमलाई खेलाइएको छ ।
FACEBOOK COMMENTS