काठमाडौं । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया महिला एकदिवसीय विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
टोलीले बिहीबार राति विशाखापट्टनममा सम्पन्न खेलमा बंगलादेशलाई १० विकेटले पराजित गरेसँगै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । बंगलादेशले पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाएर १९८ रन बनायो भने जवाफमा अस्ट्रेलियाले २४.५ ओभरमा विकेट नगुमाई लक्ष्य हासिल गरेको थियो ।
यो जितपछि डिफेन्डिङ र ७ पटकको च्याम्पियन अष्ट्रेलिया फेरि एक पटक सेमिफाइनलमा प्रवेश गरेको छ । यो प्रतियोगितामा ५ खेलमा टोलीको चौथो जित थियो, श्रीलंकाविरुद्धको खेल अनिर्णीत रहेको थियो । अर्कोतर्फ, बंगलादेशले ५ मध्ये ४ खेल हारेको छ, यदि बंगलादेशले अर्को एउटा खेल हारेमा, नकआउट पुग्ने आशा लगभग समाप्त हुनेछ ।
FACEBOOK COMMENTS