काठमाडौं । वेस्ट इन्डिजले एकदिवसीय क्रिकेटमा नयाँ किर्तिमान बनाएको छ ।
ढाकामा जारी बंगलादेश र वेस्ट इन्डिजबीचको पुरुष एकदिवसीय खेलमा एकदिवसीय क्रिकेट इतिहासमा पहिलो पटक तिब्र गतिका बलरले बलिङ नगरेपछि नयाँ किर्तिमान बनेको हो ।
सिरिजको जारी दोस्रो खेलमा वेस्ट इन्डिजका तीव्र बलरहरूले एक ओभर पनि बलिङ गरेनन् । यसको अर्थ सम्पूर्ण ५० ओभर स्पिनरहरूले बलिङ गरे, जसले नयाँ किर्तिमान बनाएको छ ।
क्रिकइन्फोका अनुसार, अघिल्लो रेकर्ड ४४ ओभरको थियो, जुन श्रीलंकाले तीन अलग(अलग अवसरमा बनाएको थियो, १९९६ मा वेस्ट इन्डिजविरुद्ध, १९९८ मा न्युजिल्याण्डविरुद्ध र २००४ मा अष्ट्रेलियाविरुद्ध ।
वेस्ट इन्डिजले प्रयोग गरेका सबै पाँच बलर स्पिनर थिए । जसमा अकील हुसैन, रोष्टन चेज, खारी पेरी, गुडाकेश मोती र एलिक अथानाज रहेका थिए ।
यस खेलमा बंग्लादेशले ५० ओभरमा ७ विकेट गुमाउदै २१३ रन बनाएको छ भने अहिले वेस्ट इन्डिजले ब्याटिंग गरिरहेको छ ।
FACEBOOK COMMENTS