काठमाडौं । वेस्ट इन्डिजले बंगलादेशविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा रोमाञ्चक जित हासिल गरेको छ ।
मंगलबार राति सम्पन्न खेलमा वेस्ट इन्डिजले बंगलादेशलाई सुपर ओभरमा एक रनले जितेको हो । दुवैले २१३-२१३ रन बनाएपछि खेलको निर्णय सुपर ओभरबाट भएको थियो ।
बंगलादेशले दिएको २१४ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले ५० ओभरमा ९ विकेट गुमाउदै २१३ रन बनाएपछि खेल टाई भएको थियो । त्यसपछि सुपर ओभरमा वेस्ट इन्डिजले दिएको ११ रनको लक्ष्य पछाएको बंगलादेशले केबल ९ रन बनाएपछि खेल वेस्ट इन्डिजले जितेको थियो ।
साथै यस खेलमा वेस्ट इन्डिजबीचको पुरुष एकदिवसीय खेलमा एकदिवसीय क्रिकेट इतिहासमा पहिलो पटक तिब्र गतिका बलरले बलिङ नगरेपछि नयाँ किर्तिमान समेत बनेको छ ।
यस खेलमा वेस्ट इन्डिजका तीव्र बलरहरूले एक ओभर पनि बलिङ गरेनन् । यसको अर्थ सम्पूर्ण ५० ओभर स्पिनरहरूले बलिङ गरे, जसले नयाँ किर्तिमान बनाएको छ । क्रिकइन्फोका अनुसार, अघिल्लो रेकर्ड ४४ ओभरको थियो, जुन श्रीलंकाले तीन अलग(अलग अवसरमा बनाएको थियो, १९९६ मा वेस्ट इन्डिजविरुद्ध, १९९८ मा न्युजिल्याण्डविरुद्ध र २००४ मा अष्ट्रेलियाविरुद्ध । यस खेलमा वेस्ट इन्डिजले प्रयोग गरेका सबै पाँच बलर स्पिनर थिए । जसमा अकील हुसैन, रोष्टन चेज, खारी पेरी, गुडाकेश मोती र एलिक अथानाज रहेका थिए ।
यो जितपछि वेस्ट इन्डिजले ३ खेलको सिरिजमा कमब्याक गर्दै १-१ को बराबरी गरेको छ । अब सिरिजको तेस्रो खेल विहिबार हुने तालिका रहेको छ ।
FACEBOOK COMMENTS