काठमाडौँ । भारत जारी महिला विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
गएराती मुम्बईको डीवाई पाटिल स्टेडियममा खेलिएको खेलमा भारतले न्युजिल्यान्डलाई ५३ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
पहिले ब्याटिङ गर्दै भारतले ४९ ओभरमा तीन विकेट गुमाएर ३४० रन बनाएको थियो । वर्षाका कारण खेल सुरुमा ४९ ओभरमा घटाइएको थियो तर फेरि वर्षाका कारण खेल ४४ ओभरमा घटाइएको थियो, जसले न्युजिल्यान्डलाई ३२५ रनको नयाँ लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउँदै न्युजिल्यान्डले ४४ ओभरमा आठ विकेट गुमाएर २७१ रन मात्र बनायो ।
यो जितसँगै भारतीय टिम अष्ट्रेलिया, इङ्गल्याण्ड र दक्षिण अफ्रिकापछि सेमिफाइनलमा पुग्ने चौथो टोली बनेको छ । यसका साथै न्यूजील्याण्डसहित श्रीलंका, बंगलादेश र पाकिस्तान विश्वकपको सेमिफाइनलको दौडबाट बाहिरिएका छन् ।

FACEBOOK COMMENTS