काठमाडौं । दक्षिण अफ्रिका जारी आइसीसी महिला क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ ।
बुधबार सम्पन्न सेमिफाइनल खेलमा इङल्याण्डलाई १२५ रनले पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेको हो ।
दक्षिण अफ्रिकाले दिएको ३२० रनको लक्ष्य पछाएको इङल्याण्ड ४२।३ ओभरमा अल आउट हुदै १९४ रन मात्र बनाएको थियो ।
यसअघि पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले कप्तान लाउरा वोलभारडटको १६९ रनको शतकीय पारीको सहयोगले ५० ओभरमा ७ विकेट गुमाउदै ३१९ रन बनाएको थियो ।
यो जितपछि दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ । दक्षिण अफ्रीका यसअघि तीन पटक २०००, २०१७ र २०२२ मा सेमिफाइनलमा पुगेर पराजित भएको थियो ।

अब दक्षिण अफ्रीकाले फाइनलमा भारत र अस्ट्रेलियावीचको बिजेतासँग आगामी आइतबार उपाधिका लागि खेल्ने तालिका रहेको छ ।

FACEBOOK COMMENTS