काठमाडौँ । भारतले दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज जितेको छ । शनिबार सम्पन्न सिरिजको अन्तिम तथा निर्णायक खेलमा भारतले ९ विकेटले जित हासिल गरेको हो ।
दक्षिण अफ्रिकाले दिएको २७१ रनको लक्ष्य पछाएको भारतले ३९.५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
भारतका लागि यशस्वी जैसवालले शतकीय पारी खेल्दै ११६ रन बनाएका थिए । उनको एकदिवसीय क्रिकेटमा पहिलो शतक हो । त्यति रोहित शर्माले ७५ र विराट कोहलीले अविजित ६५ रन बनाएका थिए ।
यसअघि दक्षिण अफ्रिकाले ४७.५ ओभरमा अलआउट हुदै २७० रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि क्वेंटन डिककले १०६ रन बनाएका थिए भने टेम्बा बभुमाले ४८ रन, डेवाल्ड ब्रेभिसले २९ रन बनाएका थिए । त्यस्तै भारतीय बलर प्रसिद्ध कृष्ण र कुलदीप यादवले ४-४ विकेट लिएका थिए । यो जितपछि भारतले सिरिज २-१ ले जितेको छ ।
भारत भ्रमणमा रहेको दक्षिण अफ्रिकाले अब ५ खेलको टी-२० सिरिज खेल्ने छ । सिरिजको पहिलो खेल डिसेम्बर ९ मा खेल्ने तालिका रहेको छ ।

FACEBOOK COMMENTS