काठमाडौं । गृह मन्त्रालयले लामो तथा मध्यम दूरीका सवारीसाधन सञ्चालन अनुमति दिन सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । सवारीसाधन सञ्चालन गर्ने आवश्यक सहजीकरण गर्न ४ गते मन्त्रीपरिषदले लिखित पत्र मन्त्रालयलाई पठाएपछि मन्त्रालयले आदेश दिएको हो ।
मन्त्रालयका प्रवक्ता जनकराज दाहालले परीक्षार्थीहरूको सहजताका लागि सबै जिल्लालाई यातायात सञ्चालन गर्न आदेश दिएको जानकारी दिएका छन् । उनका अनुसार अब यस विषयमा जिल्लाका डीसीएमसीले निर्णय लिएर सार्वजनिक यातायात सञ्चालन गर्न दिनुपर्ने छ ।
देशभर कोरोना संक्रमण बढेपछि त्यसलाई नियन्त्रण गर्न भन्दै गत वैशाख १७ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञाका कारण लामो तथा मध्य दूरीका सार्वजनिक सवारीसाधन चल्न सकेका थिएनन् ।
पछिल्लो केही सातादेखि निषेधाज्ञा खुकुलो बनाइएको छ । रोकिएका विभिन्न तहका परीक्षाहरु समेत सञ्चालन भइरहेका छन् ।
FACEBOOK COMMENTS