काठमाडौं । नागरिक लगानी कोषले आज शुक्रबार ३२औं वार्षिकोत्सव मनाएको छ ।
नयाँ बानेश्वरस्थित कोषको भवनमा एक समारोह आयोजना गरी कोषले आफ्नो ३२औं वार्षिकोत्सव मनाएको हो । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिकोत्सव समारोहलाई नागरिक लगानी कोष सञ्चालक समितिका ईश्वरीप्रसाद अर्यालले गरेका थिए ।
प्रमुख अतिथि शर्माबाट रुद्राक्षको विरामा जल सिञ्चित गरी उद्घाटन गरिएको वार्षिकोत्सव कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक रमण नेपालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । प्रमुख अतिथि अर्थमन्त्री शर्माले नागरिक लगानी कोषलाई धेरै भन्दा धेरै पुुँँजी भित्र्याउन र लगानीकर्तालाई उचित प्रतिफल दिएर आकर्षित गर्न निर्देशन दिएका छन् ।
समारोहमा पूर्वध्यक्ष प्राडा रामचन्द्र भट्टराई र पूर्वसञ्चालकद्वय रामेश्वर दंगाल र चन्द्रसिंह साउदलाई सम्मान गरिएको थियो । त्यस्तै संस्थाका वरिष्ठ अधिकृत संगीता शर्मा र वरिष्ठ सहायक शर्मिला श्रेष्ठलाई दीर्घसेवा पदक प्रदान गरिएको छ ।
त्यस्तै उत्कृष्ठ कर्मचारीहरूलाई पुरस्कार तथा सम्मानपत्र वितरण, रक्तदान कार्यक्रममा सहभागीहरूलाई सम्मानपत्र वितरण तथा नागरिक लगानी कोषको सफ्टवेर निर्माण तथा विकासकर्ता कम्पनीलाई समेत समारोहमा सम्मानपत्र प्रदान गरिएको छ ।
समारोहमा पूर्वमन्त्री एवम् कोषका पूर्वअध्यक्ष माधव प्रसाद पौडेल, अर्थसचिव मधुकुमार मरासिनी, राजस्व सचिव कृष्णहरि पुष्कर, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, नेपाल वित्तीय संस्था कर्मचारी संघ, तथा नागरिक लगानी कोषका अध्यक्ष देव गुरागाईं र नागरिक लगानी कोष, कर्मचारी युनियनका अध्यक्ष सुरेश चालिसेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उनीहरूले कोषले दिनप्रतिदिन गरिरहेको प्रगतिको प्रसंशा गर्दै थप उचाइमा पुग्न शुभकामना दिएका छन् ।
FACEBOOK COMMENTS