काठमाडौं । नागरिक लगानी कोषले असार ३१ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ ।
कोषले गत वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
सभा प्रयोजनका लागि असार २० गते बुक क्लोज गर्ने भएको छ । असार १९ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र कम्पनीले तोकेको लाभांश पाउनेछन् । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा हुनेछ ।
FACEBOOK COMMENTS