काठमाडौं । नागरिक लगानी कोषमा रिक्त कार्यकारी निर्देशकका लागि ५ जनाको नाम प्रारम्भिक छनोटमा परेको छ ।
कोषको कार्यकारी निर्देशकमा नियुक्त हुनका लागि आवेदन दिएका मध्ये ५ जनाको नाम छनोटमा परेको हो ।
प्रारम्भिक छनोटमा पर्वत कुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा शिवहरी श्रेष्ठ रहेका छन् ।
प्रारम्भिक छनोटमा परेका ५ जनामध्ये कार्कीको अन्तवार्ता तथा प्रस्तुतिकरण पुस १७ गते मंगलबार ९ बजे, पण्डितको १० बजे, पंगेनीको ११ बजे, अधिकारीको ३ बजे र श्रेष्ठको ४ बजे हुनेछ । अन्तवार्ता तथा पस्तुतिकरण कोषको कायालय नयाँ बानेश्वरमा हुनेछ ।
FACEBOOK COMMENTS