काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उद्घोषका साथ ७ वर्षको लागि स्थिर रहने गरी ७ दशमलव ९९ प्रतिशत प्रतिवर्ष घर कर्जा योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत कायम रहेको व्याजदर ७ वर्षसम्म स्थिर रहने बैंकले जनाएको छ । ७ वर्षपछि भने बैंकको प्रचलित औसत मासिक आधारदरमा १ प्रतिशत प्रिमियम दर थपी ब्याजदर कायम गरिनेछ ।
यस आकर्षक योजनामा सहभागी हुन ग्राहकहरुले आफ्नो पायक पर्ने नजिकको सिटिजन्स बैंकको कुनै पनि शाखा कार्यालयबाट सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।
अधिकतम २ करोडसम्मको कर्जा उपभोग गर्न सकिने यस घर कर्जा योजनामा ग्राहकहरुलाई निःशुल्क भिसा क्रेडिट कार्ड र सिटिजन्स फोनपे क्रेडिट कार्ड जारी गरिने सुविधा रहेको छ । बैंकका अनुसार पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा पनि ५० प्रतिशत शर्तसहितको छुट रहेको छ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ ।
सिटिजन्स बैंकले देशका ६० जिल्लामा फैलिएका आफ्ना १९७ शाखा, १६२ एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS