काठमाडौं । सिटिजन्स बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र सिटिजन्स बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।
सिटिजन्सको हाल चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको छ । उक्त पुँजीमा ५ दशमलव ७९ प्रतिशत ले हुने रकम ८२ करोड २१ लाख ६१ हजार रुपैयाँ बराबर नगद लाभांश वितरण गर्न लागेको हो । यस बैंकले अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा भने ९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
FACEBOOK COMMENTS