काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सिटिजन्स बैंकको नाफा ३२.११ प्रतिशतले घटेको छ ।
गत आवको दोस्रो त्रैमासमा १ अर्ब २३ करोड ९३ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको बैंकले चालु आवको सोही अवधिमा आइपुग्दा ३२.११ प्रतिशतले घटेर ८४ करोड १३ लाख ३३ हजार रुपैयाँमा सिमित भएको छ ।
यो अवधिमा बैंकको वितरणयोग्य नाफा ५ करोड ५७ लाख ९९ लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १८.८८ प्रतिशतले बढेर २ अर्ब ८४ करोड ५७ लाख ८७ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा २९.७१ प्रतिशतले घटेर १ अर्ब १९ करोड १९ लाख ७२ हजार रुपैयाँ रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८५ पैसा रहेको छ । गत आवको सोही अवधिमा १७ रुपैयाँ ४५ पैसा रहेको थियो । प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ५२ पैसा रहेको छ।
१४ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ६४ करोड ७२ लाख ३० हजार रुपैयाँ रहेको छ । १ खर्ब ५९ अर्ब ४८ करोड १७ लाख ३५ हजार निक्षेप संकलन गरेको बैंकले १ खर्ब ३८ अर्ब ५७ करोड ९४ लाख ३६ हजार कर्जा लगानी गरेको छ ।
FACEBOOK COMMENTS