काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीलाई विगत ५ वर्षको नगद लाभांश लिन बोलाएको छ ।
बैंकले आर्थिक वर्ष २०७४/७५ को नगद लाभांश लिन आउन सूचना निकालेको छ ।
बैंकले लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा संचालन कार्यविधि २०७३ अनुसार ५ वर्षसम्म सेयरधनीले नलगेको लाभांश कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ । जसले गर्दा ३५ दिनभित्र उक्त लाभांशको लागि दाबी गर्न बैंकले सेयरधनीलाई आग्रह गरेको छ ।
लाभांश लिन जाँदा सेयरधनीले आफ्नो परिचयपत्र लैजानु पर्नेछ । लगानीकर्ताले सिटिजन क्यापिटलमा आवेदन दिएर भौतिक सेयर प्रमाणपत्र तथा नगद लाभांश पूर्जा संकलन गर्न सक्ने छ ।
FACEBOOK COMMENTS