काठमाडौं । “प्रोटेक्ट योर मनि, सेक्योर योर फ्यूचर” भन्ने मूल नाराका साथ गत चैत्र ५ देखि ११ सम्म संचालनमा आएको ग्लोबल मनि विक मा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ७ वटै प्रदेशमा रहेका आफ्ना २५ शाखा कार्यालयहरूबाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम संचालन सम्पन्न गरेको छ ।
यस अन्तर्गत बैंकले कोशी प्रदेशको विराटनगर, बिर्तामोड, हल्दीबारी र महेन्द्र चोक, मधेश प्रदेशको विद्यापति चोक, वीरगन्ज, कृष्णप्रणामी र राजविराज, बागमती प्रदेशको थापाथली, थली, भरतपुर, हेटौंडा र सिनामंगल, गण्डकी प्रदेशको अमरापुरी र दमौली, लुम्बिनी प्रदेशको भुताहा र बढैयाताल र कर्णाली प्रदेशको सुर्खेत, जुम्ला, डोल्पा र सिमीकोटमा तथा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर, धनगढी, बझाङ र अत्तरियामा विभिन्न वित्तीय साक्षरताका कार्यक्रमको आयोजना गरी वित्तीय ज्ञान प्रदान गर्ने कार्य गरेको जनाएको छ ।
यस कार्यक्रममा उपस्थित युवा तथा विद्यार्थी वर्गमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको थियो । यस सँगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको बैंकले जनाएको छ । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बैंकिङ प्रणाली मजबुत हुने साथसाथै युवा र विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए।टि।एम। र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।
FACEBOOK COMMENTS