काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
गत आर्थिक वर्षको असार मसान्तमा बैंकले १ अर्ब ३४ करोड २४ लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८६ करोड ३७ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सन्चालन आम्दानी घट्दा त्यसको असर नाफामा परेको छ । यो अधविधमा बैंकको खुद ब्याज आम्दानी २.४४ प्रतिशत घटेको छ भने सञ्चालन आम्दानी १९.३२ प्रतिशत घटेको छ ।
१४ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ३५ करोड ७० लाख रुपैयाँ रहेको छ । बैंकले १ खर्ब ८९ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको प्रतिशेयर ३ रुपैयाँ ६७ पैसा घटेर ९ रुपैयाँ ४५ पैसा रहेको छ । ६१ करोड ६१ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३४ पैसा रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ८१ पैसा रहेको छ । बैंकको निष्क्रिय कर्जा ३.९९ प्रतिशतबाट बढेर ४.०७ प्रतिशत पुगेको छ ।
FACEBOOK COMMENTS