काठमाडौं । सिटिजन्स बैंकले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा डिजिटल बैंकिङ कारोबारमा आकर्षक छुटको योजनाहरु सार्वजनिक गरेको छ ।
वैशाख ७ गतेको वार्षिकोत्सवलाई मध्य नजर गर्दै बैंकले वैशाख १ गतेदेखि वैशाख ३१ गतेसम्म १ महिनाको लागि लागू हुने गरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्याक, लगायतका योजनाहरु सार्बजनिक गरेको हो ।
सो योजना अन्र्तगत डेविट कार्ड प्रयोगकर्ताहरुले पहिलो पटक पस मेसिन वा अनलाईन मार्फत १ हजार वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढिमा १८० रुपैयाँ क्यास ब्याक दिइने छ । यसैगरी सिटिजन्स मोबाईल बैकिङ्ग मार्फत क्यूआर कोड स्क्यान गरि भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि ५०० रुपैयाँ वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढिमा १८० क्यास ब्याक प्रदान गरिने छ ।
साथै फोन पे मर्चेन्टले आफ्नो ब्यवसायिक कारोवार रकम क्यूआर मार्पmत प्राप्त गर्दा प्रत्येक दिन एक जना मर्चेन्टलाई १ हजार ८०० रुपैयाँसम्म क्यासब्याक प्रदान गरिने छ । यसमा निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था,स्मार्ट बचत खाता खोली पहिलो पटक मोबाईल बंैकिङ्ग मार्पmत मोबाईलमा रिचार्ज गर्दा १५ प्रतिशत वा बढिमा ५० रुपैयाँ क्यासब्याक उपलब्ध पाउनु हुनेछ ।
FACEBOOK COMMENTS