काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म सिटिजन्स बैंकले ९६ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
गत आवाको सोही अवधिमा बैंकको नाफा १ अर्ब २१ करोड १४ लाख रुपैयाँ रहेको थियो । बैंकको वितरणयोग्य नाफा १६ करोड २६ लाख रुपैयाँ रहेको छ ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब २६ करोडबाट बढेर ४ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ११.३७ रुपैयाँबाट घटेर ८.६८ रुपैयाँ रहेको छ । बैंकको नेटवर्थ १५२.७५ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ३.७६ प्रतिशतबाट बढेर ५.७१ प्रतिशत पुगेको छ ।
FACEBOOK COMMENTS