बेनी । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत म्याग्दी जिल्लाको बेनी नगरपालिका–६, जामुनाखर्कमा यात्रु प्रतिक्षालय निर्माण गरेको छ ।
करिब ५० हजार रुपैयाँको लागतमा तयार भएको उक्त प्रतिक्षालय वडाध्यक्ष कृष्णसिंह बानियाँलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।
यात्रु प्रतिक्षालय निर्माणसँगै, बैंकले वातावरण संरक्षणमा समेत योगदान पुर्याएको छ। “बिट द प्लास्टिक” भन्ने मूल नारालाई आत्मसात् गर्दै जलवायु परिवर्तन न्यूनीकरणका लागि सिटिजन्स बैंकले गण्डकी प्रदेशको वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस (हेखाखर्क) मा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो। विश्व वातावरण दिवस २०२५ को अवसरमा आयोजित कार्यक्रममा कास्कीको पोखरा–१५ स्थित क्षेत्रमा १०० भन्दा बढी विभिन्न प्रजातिका विरुवा रोपिएको बैंकले जनाएको छ ।
हालै मात्र विश्वस्तरीय “बैंक अफ द इयर २०२४” को उपाधि जित्न सफल सिटिजन्स बैंकले प्रविधिमैत्री सेवा विस्तारमा समेत उल्लेखनीय पहल गर्दै आएको छ। फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको बैंकले मोबाइल बैंकिङ एपमार्फतै शेयर आवेदन तथा रेमिट्यान्स ट्र्याकिङ (RICHL नम्बर सेवा) सुविधा पनि प्रदान गर्दै आएको छ ।
त्यसैगरी, बैंकले क्रस बैंक टेलर सुविधा पनि सुरु गरेको छ, जसअन्तर्गत अन्य बैंकका ग्राहकहरूले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद सेवा लिन सक्छन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हाल देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६८ एटीएम, ३ विस्तारित काउन्टर, र ७४ शाखारहित बैंकिङ इकाइमार्फत १८ लाख ९८ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
FACEBOOK COMMENTS