काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म १ अर्ब २९ करोड ३३ लाख २१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २.०७ प्रतिशतले थोरै हो । अघिल्लो आवको असार मसान्तमा बैंकको नाफा १ अर्ब ३२ करोड ७ लाख ३१ हजार रुपैयाँ थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी अघिल्लो आवको असार मसान्तको तुलनामा ११.२० प्रतिशतले बढेर ६ अर्ब ३६ करोड ४९ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।
गत आवको सोही अवधिमा भने २ अर्ब ९ लाख ७५ हजार रुपैयाँ रहेको छ । असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ७७ करोड ५४ लाख ५२ हजार रुपैयाँ रहेको छ । बैंकले सेयरधनीलाई लाभांश दिने क्षमता ५ रुपैयाँ २५ पैसा छ । अघिल्लो आवको सोही अवधिमा ४ रुपैयाँ ३२ पैसा थियो । बैंकले सेयरधनीलाई लाभांश दिने क्षमता बढेको छ ।
हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७ अर्ब ४० करोड ९४ लाख ९४ हजार रुपैयाँ रहेको छ । बैंकले २ अर्ब ११ अर्ब ५० करोड ७ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ६८ अर्ब ९५ करोड ६८ लाख १८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको निष्कृय कर्जा ४.१० प्रतिशतबाट बढेर ४.९४ प्रतिशत पुगेको छ । बैंकको प्रति सेयर आम्दानी ८.७६ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १५५.४२ रुपैयाँ छ ।
FACEBOOK COMMENTS