काठमाडाैँ। सिटिजन्स बैंक कम्पनीे १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार काठमाडौंको डिल्ली बजारमा सभा सम्पन्न भएको हो । सभाले २०८०\ ८१ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको एन।एफ।आर।ए बमोजिम तयार गरिएको वासलात, आ.व. २०८०\८१ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत भएको छ ।
त्यसैगरी साधारण सभाले गत आर्थिक वर्ष २०८०\८१को वितरण योग्य मुनाफाबाट २०८१ आषाढ मसान्तको चुक्तापुँजी रु. १४ अर्ब २० करोड ९ लाखे ४ प्रतिशतले हुने ५६ करोड ८० लाख ३८ हजार ९६०÷२३ बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२१ प्रतिशतले हुने २ करोड ९८लाख ९६ हजार ७८७\३८ सहित जम्मा ५९ करोड ७९ लाख ३५ हजार ७४७\६१ लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हाँसिल गर्न सक्ने बताए ।
साथै संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ बैंक प्रतिबद्घ रहेको बताए । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS