काठमाडौं : नागरिक लगानी कोषका अध्यक्ष प्राडा रामचन्द्र भट्टराई र कोष सञ्चालक चन्द्रसिंह साउदलाई कोषले बिदाइ गरेको छ।
कोषका अध्यक्ष डा.भट्टराईलाई ०७५ असोज २१ मा मन्त्रिपरिषदले मनोनयन गरेको थियो। उमेर हदका कारण अर्थ मन्त्रालयको कात्तिक २८ को पत्रअनुसार डा. भट्टराईको पदावधि समाप्त भएको हो।
बिदाइ कार्यक्रममा डा.भट्टराईले बोर्ड र कार्यकारी निर्देशकबीचको लिंकेजलाई निरन्तरता दिनुपर्ने बताउदै आफूले ३७ महिनाको कार्यकालमा धेरै नै विषयहरु सिक्न पाएको बताए।त्यसैगरी, सञ्चालक साउदले आफ्नो कार्यकालमा आफूलाई सहयेग गर्ने सम्बन्धित सबैलाई धन्यवाद दिए। कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोष अध्यक्ष र सञ्चालकले पुर्याएको सहयोगको सरहना गरे। उनले संस्थाको कार्यलाई विधिसम्मत तरिकाले अघि बढाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे।
FACEBOOK COMMENTS