काठमाडौं । नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त हुन भएको छ ।
उहाँलाई २०८२ भदौ ०१ गतेको उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णय अनुसार अध्यक्षमा नियुक्त गरिएको हो । त्रिभुवन विश्वविद्यालयबाट अर्थसास्त्रमा एमफिल, अर्थसास्त्रमै एम.ए र एम.पी.ए गर्नु भएका घिमिरे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश हुनु भएको हो ।
उहाँले केन्द्रीय बैंकमा सेवा गर्दा सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैंकिङ एवं अनुसन्धानलगायत अन्य विभागमा कार्य गर्नुभएको छ ।
FACEBOOK COMMENTS